news stringlengths 40 51.2k | title stringlengths 1 144 |
|---|---|
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि कञ्चनपुरबाट चार जना मनोनित भएका छन्। कञ्चनपुरका सांसद इन्दु कडरिया, संविधानसभा सदस्य कृपाराम राना, हिरा सार्की र गोबिन्द प्रसाद कलौनी प्रतिनिधिमा मनोनित भएका हुन। 'निर्णयको सूची आएको छैन,' प्रतिनिधि मनोनितमा परेका कृपाराम रानाले भने, 'तर, म सहित चार जना मनोनित भए... | कञ्चनपुरबाट ४ जना एमाले महाधिवेशन प्रतिनिधि मनोनित |
कात्तिक, १४ । दक्षिणी जापानको ओकिनावामा रहेको विश्व सम्पदा सूचीमा सूचीकृत सुरी महल आगलागीबाट ध्वस्त भएको छ । पाँच सय बर्ष पुरानो महलको मुख्य भाग जलेर नष्ट भएको छ । बिहीबार विहानै भएको आगो नियन्त्रण गर्न ठूलो संख्यामा अग्नी नियन्त्रक खटाइएको छ । आगलागीबाट अहिलेसम्म कुनै मानवीय क्षति नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ... | जापानमा विश्वसम्पदा सूचीको सुरी महल यसरी भयो ध्वस्त |
काठमाडौं : जनता समाजवादी पार्टी नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिको उम्मेदवारी दिने भएको छ। जसपाले सांसद राजकिशोर यादवलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिको भागबण्डामा जसपाले एउटा समितिको नेतृत्व पाउन सहमति भएको छ। दलीय ... | जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा उम्मेदवारी दिने |
काठमाडौँ । गायक रामकृष्ण ढकालको स्वर रहेको नयाँ गीत 'भिझाएर आँशु' सार्वजनिक भएको छ । कुमार सिवाकोटीको शब्द रहेको गीतमा दीपक शर्माले सङ्गीत दिएका छन् । फणीन्द्र राईको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा नेपाली समाजका दुई पुस्ताबीचको द्वन्द्वको कथा समेटिएको छ । भिडियोमा सुधीर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित र हिउँवाला... | रामकृष्ण ढकालको 'भिझाएर आँशु' मा सुरवीर र हिउँवाला |
जनकपुरधाम : मधेस प्रदेशमा महिलाहरू असुरक्षित गर्भपतन गराउन बाध्य छन् भने कतिपय अवस्थामा ज्यान नै जोखिममा पर्ने गरेको छ। सूचीकृत स्वास्थ्य संस्थाको अभाव र दक्ष जनशक्ति नहुँदा यस्ता समस्या आउने गरेको हो। महिला स्वास्थ्यका दृष्टिकोणले मधेस प्रदेश निकै पछाडि छ। मातृ मृत्युदर अन्य प्रदेशका तुलनामा यहाँका नागरिक अशिक्षा, गरि... | असुरक्षित गर्भपतनको जोखिममा मधेसका महिला |
माघ ३ गते शनिबार अपरान्ह निकै डरलाग्दो मानिने र केटूको बोटलनेक भनेर चिनिने घाँटीमा नेपाली टोली पुग्यो। विश्वको दोस्रो सबैभन्दा अग्लो चुचुरो केटूको त्यो त्यहि अप्ठेरो मोड हो जुन अहिलेसम्म संसारका कसैले पनि हिउँदको समयमा पार गर्न सकेका थिएनन्। आकाश खुलेको थियो। हावा पनि ठिकै थियो। र, यो अन्तिम तथा सबैभन्दा जोखिमपूर्ण ठाउ... | नेपाली आरोहीले कसरी बनाए केटू हिमालमा कीर्तिमान? |
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न प्राध्यापकलाई आग्रह गर्नुभएको छ । मङ्गलबार सिंहदरबारमा प्राध्यापक सङ्घका पदाधिकारीसँगको छलफलमा विश्वविद्यालय सुधारका लागि प्रध्यापकको भूमिका महत्त्वपूर्ण रहेको बताउनुहुँदै विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गर्नुभएको हो । मन्त्री पौ... | विश्वविद्यालयमा तालाबन्दी नगर्न प्रध्यापकलाई शिक्षामन्त्री पौडेलकाे आग्रह |
पर्वत - जिल्ला प्रशासन कार्यालय पर्वतले झन्डै २० दिनको समयावधि तोकेर इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरे पनि एक जनाले मात्रै तोकिएको समयमा हतियार प्रहरीमा बुझाएका छन्। आसन्न पालिका चुनावलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतले गएकाे चैत ७ गते सूचना जारी गर्दै चैत २५ गतेसम्म बुझाउन अनुरोध गरे पनि पर्वतमा एक जन... | पर्वतमा प्रशासनले तोकेकाे मितिभित्र एक जनाले मात्रै बुझाए हतियार |
बाजुरा : बाजुराको बुढिगंगा नगरपालिका-४ जाडेपानीमा ट्याक्टरले किचेर एक पुरुषको घटनास्थलमानै मृत्यु भएको छ। बाजुराकै बुढिगंगा नगरपालिका-४ का ३१ वर्षीय खम्म रावतको मृत्यु भएको हो। सुदुरपश्चिम प्रदेश ०१ ००२ त ४९ ७२ नम्बरको ट्याक्टरमा चढ्ने क्रममा ट्याक्टरको टायरले किचेको थियो। ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी ... | ट्याक्टरले किचेर एक जनाको मृत्यु |
पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने उडानमा सँगै रहेकी युवती घाइते भएकी छन्। वडा प्रहरी कार्यालय वैदामले जनाएअनुसार मृृत्यु हुनेमा फिस्टेल प्याराग्लाइडिङ कम्पनीका पाइलट राजु गैरे हुन्। पोखरा–२८, कालिका घर भएका २८ वर्षीय पाइलट गैरेले पोखराकै सराङकोटबाट उडाएको ग्लाइडर सोमबार दिउसो १ बजेतिर दुर्... | पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु, एक युवती घाइते |
काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा समेत विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन 'इभीएम')को प्रयोग नहुने भएको छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा थोरै सङ्ख्यामा मतदाता रहने हुँदा इभीएमको प्रयोग गर्न सकिने सम्भावना थियो। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन २०७९ मा इभीएमको प्रयोगबारे रा... | राष्ट्रपति निर्वाचनमा विद्युतीय मेसिन प्रयोग नहुने |
काठमाडौँ — अभिनेता नाजिर हुसेनले यो वर्ष पोखरामा रहेकी दिदी फ्लोरेन्स कार्कीसँग मात्रै भाइटीका मनाए । अघिल्लो वर्ष काठमाडौंमा फ्लोरेन्ससँगै सरु, सोनी, सुनिता राई दिदीको हातबाट उनले टीका थापेका थिए । यसपालि पनि काठमाडौंमा गत साल जसरी नै सबै दिदीसँग तिहार मनाउने योजना थियो उनको । तर, गाउँमा भाइहरुको निधार खाली होला भनेर ... | यस्तो रह्यो कलाकारहरुको भाइटीका |
काठमाडौं । चिनियाँ फोन निर्माता मेइजुले चाँडै नै ह्वावे जस्तै आफ्ना पसलहरूमा गाडीहरू बेच्न सक्छ। गीलीका अध्यक्षको उद्यमले कब्जा गरेपछि कम्पनीले स्टोरहरुबाट गाडी बेच्ने सीएनइभीपोप्टले उल्लेख गरेको छ। मेइजुका एक सहायक उपाध्यक्ष, वान झिक्विङ्गले वेइबोमा फोन निर्माताको नयाँ फ्ल्यागशिप स्टोरको लागी दुई डिजाइन प्रस्तावहरु सा... | फोन निर्माता मेइजुले आफ्ना स्टोरहरूबाट कार बेच्ने तयारी गर्दै |
काठमाडौं : सन् २०१९ मा हुने एसियाली फुटबल महासंघ (एएफसी) एसिया कप छनोट प्रतियोगितामा नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ । हल्चोकस्थित एपीएफ क्लबको मैदानमा हुने खेलमा नेपालले यमनसँग उत्कृष्ट प्रदर्शन गर्ने टोलीका प्रशिक्षक ग्योतुकी कोजीले बताए । 'यमन राम्रो टोली हो । तर हामीले घरेलु मैदानको सदुपयोग गर्नेछौं,' को... | नेपाल आज यमनसँग भिड्दै |
काठमाडौं – सर्वोच्च अदालतले गैरकानूनी रुपमा मदिराजन्य पदार्थको बिक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले साेमबार गैरकानूनी रुपमा मदिराजन्य पदार्थको उत्पादन तथा बिक्रीवितरण रोक्न सरकारका नाममा आदेश जारी गरेको हो । मदिरा ऐनअनुसार निश... | मदिराजन्य पदार्थ बिक्रीवितरण रोक्न सर्वाेच्चकाे आदेश |
यस अनुसार अब सडकमा मोबाइल चलाइरहेको भेटे महिला अविवाहित हुन् भने १० हजार रुपियाँ जरिवाना तिर्नुपर्नेछ। विवाहित हो भने २ हजार तिरे पुग्नेछ। अविवाहित महिलाहरु केटाहरुसँग भाग्ने, विवाहित महिलाहरु अर्कै पुरुषसँग लाग्ने जस्ता नैतिक रुपमा भ्रष्ट हुने कामको दोष गाउँ पञ्चायतले मोबाइललाई दिएको छ। अधिकारकर्मीहरुले भने यसलाई वाहि... | मोबाइल चलाए अविवाहित महिलालाई १० हजार, विवाहितलाई २ हजार जरिवाना |
काठमाडौँ — साउनको सुरुवाती ६ दिनमै वाणिज्य बैंकहरुबाट ६३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार ६ दिनमै वाणिज्य बैंकहरुबाट सो निक्षेप घटेको हो । एसोसिएसनका अनुसार असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन ६ गतेसम्म आउँदा ४४ खर्ब ७८ अर्ब रुपैयाँमा झरेको छ । ... | छ दिनमै बैंकहरुबाट ६३ अर्ब निक्षेप बाहिरियो |
काठमाडौं । जनकपुरधामसहित मधेशमा साेमबार हर्षोल्लाका साथ चैते छठ पर्व मनाइँदै छ । ४ दिनसम्म विधिपूर्वक मनाइने चैते छठको मुख्य दिन साेमबार अस्ताउँदो सूर्यलाई अर्घ दिने प्रचलन रहेकाे हाे । मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न गर्ने प्रचलन रहेकाे छ । चैते छठमा पनि कात्तिको छठमा झैं सबै विधि पूरा गर्नुपर्ने व... | जनकपुरधामसहित मधेशमा आज चैते छठ पर्व मनाइँदै |
काठमाडौं : नेपाल आइडल–४ को शुक्रबारीय प्रस्तुति विशेष रह्यो। उत्कृष्ट ११ मध्ये ६ जनाले प्रस्तुति दिएका थिए। कार्यक्रममा अतिथि कलाकारको रूपमा संगीतकार आलोकश्री र आनन्द कार्की उपस्थित थिए। उनीहरूको आगमनसँगै कार्यक्रम अझ रोमाञ्चक बन्यो। शुक्रबार प्रतियोगीहरूमा बेग्लै उत्साह र जिम्मेवारी देखिन्थो। बादलुको घुम्टोले इलाम बजा... | प्रतिस्पर्धामा नेपाल आइडल (भिडियोसहित) |
काठमाडौं । उद्योग तथा व्यापार स्थापना लागि निजी क्षेत्रसँग मिलेर काम गर्न इच्छुक रहेको उद्योगमन्त्री डिलेन्द्रप्रसाद बडुले जनाएका छन्। उद्योगमन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा ललितपुरमा आयोजित "उद्योग, व्यापारको शुरुवाती अभियान" कार्यक्रममा उनले उद्योग, व्यापारका लागि आवश्यक सहज नीतिसँगै सबै क्ष... | निजी क्षेत्रसँग मिलेरै काम गर्न इच्छुक: उद्योगमन्त्री बडु |
काठमाडौँ — साता कारोबारको अन्तिम दिन सेयर बजारमा ८८ कम्पनीको मूल्य बढ्दा १२३ को घटेको छ । ६ कम्पनीको मूल्य भने स्थिर रहृयो । बजारको परिसूचक नेप्से जम्मा १.३ अंक घट्यो । नेप्से २१६३ अंकमा कायम भएको छ । ३ अर्ब ५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । बैंकिङ १, विकास बैंक ११, जलविद्युत् २२, उत्पादन ८२ र व्यापार १७... | ८८ कम्पनीको सेयर मूल्य बढ्दा १२३ को घट्यो |
पेरिस — विश्व फुटबलका दुई ठूला हस्तीले संन्यास घोषणा गरेका छन् । त्यसमध्ये गारेथ बेलले सबै खाले फुटबलबाटै संन्यास लिएका हुन् । हुगो लोरिसको संन्यास भने अन्तर्राष्ट्रिय फुटबलबाट मात्रै रह्यो । बेलले ३३ वर्षको उमेरमा फुटबलबाट बिदा लिएका हुन् । उनी बेलायती फुटबल इतिहासकै सबैभन्दा सफल खेलाडी हुन् । त्यसमा उनले ५ युरोपेली च... | बेल र लोरिसको संन्यास |
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा अस्पतालको सघन उपचार कक्ष (आइसियू) को आज उद्घाटन गरेका छन् । अस्पताल स्थापनाको ५० वर्ष पुगेको अवसरमा आजदेखि सञ्चालनमा ल्याइएको आइसियू सेवाको उनले उद्घाटन गरेका हुन् । प्रधानमन्त्री दाहाल अस्पतालको स्वर्णजयन्ती समारोहका सहभागी हुन दिउँसो यहाँ आइपुगेका हुन् । स्वर्ण ज... | प्रधानमन्त्री प्रचण्डद्वारा गोरखा अस्पतालमा आइसियूको उद्घाटन |
तनहुँ : धेरै वर्ष पहिला दमौलीमा हाटबजार सञ्चालन हुन्थ्यो, जहाँ उपभोक्ताले गाउँबाट ल्याइएका कृषि सामग्री खरिद गर्न पाउँथे। यसले गर्दा किसान तथा उपभोक्ताको सिधा सम्पर्क हुन्थ्यो र किसानले उचित मूल्य पाउँथे। पछि हाटबजार लगाउने प्रचलन हरायो। लोप भइसकेको हाटबजारलाई व्यास नगरपालिकाले पुनः सञ्चालन गरेको छ। संविधान दिवसको अवसर... | लोप भएको हाटबजार पुनः सञ्चालन |
काठमाण्डाै – नेकपा माओवादी केन्द्रले चुनावी प्रचार सामग्रीमा राखिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुक पेजमा राखिएको डिटिजल पोस्टरमा कुलमान घिसिङको पनि फोटो राखिएको थियो । यसको चर्को आलोचना भएपछि माओवादीले कुलमानको फोटो हटाएको हो... | चर्को आलोचनापछि माओवादीले चुनावी पोस्टरबाट कुलमानको फोटो हटायो |
नेकपा माओवादी केन्द्रले एकल रुपमा रोल्पाका १० स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ। सत्ता गठबन्धनभित्रै चुनावी तालमेलमा भागबण्डा नमिलेपछि माओवादीले एकल रुपमा उम्मेदवारी घोषणा गरेको हो। माओवादीले भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने रोल्पा जिल्ला इन्चार्ज दीपेन्द्र पुनले बताए। रोल्पा नगरपालिकाको मेयरमा सुरेन्द्र थापा घ... | माओवादीले रोल्पाका १० स्थानीय तहमा उम्मेदवार टुंगो लगायो, गठबन्धन भएन |
युवाहरुको पहलमा पोखरामा 'फुड बैंक'को सुरुवात गरिएको छ। बुधबार पोखराको पृथ्वीचोकस्थित गणतान्त्रिक चोकनजिकै रहेको सुकुम्वासी बस्तीका बासिन्दालाई लक्षित गरी पोखरामा फुड बैंकको स्थापना गरिएको हो। कोरोना भाइरसको महामारी रोकथामका लागि जारी निषेधाज्ञाको अवधिमा दैनिक ज्यालादारी मजदुरी गरेर हातमुख जोर्ने वर्ग निकै प्रभावित भएपछ... | पोखरामा पनि सुरु भयो 'फुड बैंक', हुनेले दिने र नहुनेले निःशुल्क लैजान पाउने |
यामाहाका मोटरसाइकल तथा स्कुटरको मूल्य बढेको छ। यामाहा ब्रान्डको आधिकरिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्ना मोटरसाइकल तथा स्कुटरको मूल्य बढाएको हो। कम्पनीले रे जेट स्कुटरको मूल्यमा ६ हजार रुपैयाँ बढाएको छ। गत चैतमा रे जेटको मूल्य २ लाख रुपैयाँ मात्रै रहेको थियो। फेसिनो १२५ एफआईको मूल्य ८ हजार रुपैयाँ बढेको छ। चैतमा... | यामाहाका मोटरसाइकल तथा स्कुटरको मूल्य बढ्यो, कुन मोडलमा कति? |
काठमाडौं : प्रकाश सुवेदीले 'मैले त खोजेको यस्तै घर हो' बोलको तीज विशेष गीत सार्वजनिक गरेका छन् । गीतमा पिपल र वरलाई प्रतिकात्मक रूपमा प्रस्तुत गरिएको छ । गीतमा सुवेदीको शब्द, संगी अधिकारीको स्वर, राजकुमार बगरको लय र राजु कार्कीको सङ्गीत रहेको छ । गीत पूर्वीय संस्कार, संस्कृति हस्तान्तरण गर्ने नवीन शैली र सकारात्मक भावस... | 'मैले त खोजेको यस्तै घर हो' तीज गीत सार्वजनिक (भिडियो) |
काठमाडौः नेपाल र चीनबीच हस्ताक्षरित पारवहन सम्झौताअनुसार तयार हुनुपर्ने 'प्रोटोकल' को प्रारम्भिक मस्यौदामा शुक्रबार सहमति जुटेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा शुक्रबार सकिएको नेपाल-चीन सहसचिवस्तरीय बैठकमा पारवहन सम्झौताअनुसार तयार हुनुपर्ने 'प्रोटोकल' को प्रारम्भिक मस्यौदामा सहमति जुटेको ल्हासाका लागि ने... | पारवहन 'प्रोटोकल' मस्यौदामा सहमति |
काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले आज हुन गइरहेको नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने बताएका छन् । संसदीय दलको निर्वाचन हुनुअघि सामाजिक सन्जालमार्फत् उनले भर्खरै सम्पन्न आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमान्दारितापूर्वक ... | कांग्रेस संसदीय दलको निर्वाचनले देश, जनता र पार्टीको भविष्य दिशानिर्देश गर्नेछ : गगन थापा |
'अन्डरडग' अर्थात् त्यस्तो प्रतिस्पर्धी जसले कुनै प्रतिस्पर्धामा जित्ने मौका कमै पाउँछ। मलाई एउटा 'अन्डरडग' सधैँ केही त लाग्छ। एउटा यस्तो भद्र दाबेदार जसले बजारका नेतृत्वकर्तालाई चुनौती पेस गर्छ। यो परम्पराले मैले किनमेल गर्ने स्टोरको आकार निर्धारण गर्छ। एउटा यस्तो खेल टोली जसका लागि म फिट हुन्छु र त्यस्तो प्रविधि जसलाई... | एलजी फोनको विदाइ : एउटा प्रविधि आइकनको अवसान |
सर्लाही, माघ २६ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अहिलेको शिक्षाले बेरोजगारी मात्र बढाएको बताएका छन् । आइतबार सर्लाहीको हरिपुर नगरपालिका–२, सानो जगतपुरमा रहेको आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्दै उनले वर्तमान शैक्षिक प्रणालीले मुलुकमा बेरोजगारी मात्रै बढाएको बताएका हुन । शिक्षामन्त्री पोखरेलले परिवर्त... | अहिलेको शिक्षाले बेरोजगारी मात्र बढाएको छ : शिक्षामन्त्री पोखरेल |
नयाँ दिल्ली : अमेरिकामा एक १२ वर्षीया बालिकाले आमाबाट ऋण काढेर व्यापार सुरु गरेकी छन्। उनले व्यापारबाट मनग्गे आम्दानी गरिरहेकी छिन्। रोचक कुरा के छ भने ती बालिकाले आफ्नै दाजुभाइलाई समेत रोजगारी दिएकी छन्। 'द सन' का अनुसार ती बालिकाको नाम एलेक्सिया कैपा हो। उनले यसै वर्ष (२०२१) को सुरुमा साबुन बनाउने व्यवसाय सुरु गरेकी ... | आमाबाट ऋण काढेर व्यापार, १२ वर्षीया बालिकाले दिइन् आफ्नै दाजुभाइलाई जागिर |
सरकारले नेपाललाई विदेशी चलचित्र छायाँकनको आकर्षक गन्तव्य बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाललाई विदेशी चलचित्र छायाँकनको गन्तव्य बनाउने घोषणा गरेकी हुन् । उनले चलचित्रमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालका कला, संस्कृती, भौगोलिक विविधता र सुन्दरताको... | नेपाललाई विदेशी चलचित्र छायाँकनको गन्तव्य बनाउने घोषणा |
-सरोज अधिकारी/ईमेज काठमाडौं । प्रतिबन्धित नेक्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ताको चर्चा गरे पनि ठोस पहल भने कतैबाट भएको छैन । बरु सत्तारुढ दल नेकपाभित्रै चन्द समूहलाई हेर्ने र उसँगको वार्ताको सर्तका विषयमा मत बाझिएको छ । सरकारले गत फागुन अन्तिम साता चन्द समूहमाथि प्रतिबन्ध लगाएको थियो । प... | सरकार-विप्लव समूहबीच बार्ताः चर्चा भयो, ठोस पहल भएन (भिडियो) |
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा 'प्रभाकर' ले वैदेशिक रोजगारमा गएर फर्किएका व्यक्तिहरुले मोबाइललगायतका डिभाइसहरु व्यक्तिगत प्रयोगका लागि ल्याउनका लागि सहज बनाउने बताएका छन्। उनले आज अर्थ सम्वन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने बिधेकहरु बारे आर्थिक पत्रकारसँग छलफलको क्रममा वैदेशिक रोजगारमा जानपनि समस्या र दुख भोगि... | वैदेशिक रोजगारबाट फर्किएकालाई मोबाइल ल्याउन दिन सहजीकरण गरिँदै -अर्थमन्त्री शर्मा |
भारतीय योगा गुरु रामदेव सोमबार हात्तीमा सवार हुँदै योग गर्दा खसेका छन्। भारत उत्तरप्रदेशको मथुरामा एउटा हात्तीमा चढेर योग गर्दा सन्तुलन गुमेर भुईंमा खसेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। उनी भुईंमा खसेपछि उठेर धुलो टक्टक्याउँदै हिँडेको भिडियोमा देखिन्छ। मथुरा महावनस्थित रामनरेती आश्रममा भएको सो घट्नामा उनी ... | हात्तीमाथि चढेर योग गरिरहेका बाबा रामदेव खसेपछि... (भिडियो) |
नेपालसहित संयुक्त राष्ट्रसंघका १४१ राष्ट्रहरूले युद्ध अन्त्य गरेर रूसले तत्काल युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा मतदान गरेका छन्। बिहीबार भएको संयुक्त राष्ट्रसंघको ११ औं आपतकालीन विशेष सेसनमा भएको मतदानमा १४१ मुलुकले युद्ध अन्त्य गरी रूसी सेनाले युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा मतदान गरेका हुन्। नेपाल पनि रुसले युक्रे... | नेपालसहित १४१ देश रूसले युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा उभिए, भारत र चीन अनुपस्थित |
काठमाडौं । चिनियाँ चिप फाउण्ड्री कम्पनी एसएमआईसीले चीनको तियानजिनमा ७.५ अर्ब डलर लगानी गर्ने भएको छ। चिनियाँ चिप फाउण्ड्री सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्प (एसएमआईसी) ले तियानजिनमा १२ इन्चको फाउण्ड्री उत्पादन लाइनको लागि ५ अर्ब डलरको दर्ता पूँजी र ७.५ अर्ब डलरको योजनाबद्ध लगानीको फ्रेमवर्क सम्झौतामा हस्ताक... | चिनियाँ चिप निर्माता एसएमआईसीले तियानजिनमा ७.५ अर्ब डलर लगानी गर्ने |
लन्डन : बेलायतका रक्षामन्त्री बेन वालेसले युक्रेनमा भएको आक्रमणका कारण रुस कमजोर भएको आरोप लगाएका छन्। स्काई न्यूजसँग कुरा गर्दै उनले भने, 'राष्ट्रपति पुटिन पहिले जत्तिकै शक्तिशाली छैनन् । अहिले उनीहरु आफ्नै पिंजरामा थुनिएका छन् ।' पुटिनका सेना युक्रेनमा हमलापश्चात धेरै कष्ट भोगेकाले हाल थकित भएको उनले बताए। उनले भने, ... | पुटिन पहिलेजस्तो शक्तिशाली छैनन्, आफैंले बनाएको पिंजरामा थुनिए : बेलायत |
जापानको समुद्र तटमा भेटिएको एउटा ठुलो धातुको बल हटाइएको छ । यसलाई क्रेनको सहायताले निकालिएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार जापानको तटमा फेला परेको यो धातुको बललाई लिएर स्थानीयवासी चिन्तित थिए र यसबारे विभिन्न अड्कलबाजी पनि गरिएको थियो । जापानी सहर हामामात्सुका स्थानीय अधिकारीहरूले यसलाई 'निश्चित अवधिको लागि' सङ्गृ... | जापानको तटमा भेटिएको ठुलो धातुको बल हटाइयो, तर यो के थियो कसैलाई थाहा छैन |
लास भेगास । फ्लोयड मेवेदरले कनर म्याकग्रगरलाई हराउँदै बहुप्रतिक्षिति भिडन्तमा पराजित गरेका छन् । खेलको १० औँ राउण्डमा रोक्दै जीत हासिल गरेका हुन् । व्यवसायिक बक्सिङमा डेब्यु गरिरहेका युएफसी लाइटवेट च्याम्पियन म्याकग्रेगरविरुद्ध ४० वर्षीय मेवेदरले खेलमा सावधानीपूर्वक शुरुवात गरेका थिए । जीतसँगै ५ पटककका विश्व च्याम्प्यि... | ५०–० : म्याकग्रेगरलाई हराउँदै मेवेदरको अर्धशतक पूरा |
काठमाडौं, मंसिर ६ । वर्षको अन्तिम टेनिस प्रतियोगिता एटीपी विश्व टुर फाईनल्सको उपाधि एण्डी मरेले जितेका छन् । बेलायतको राजधानी लण्डनमा आइतबार सम्पन्न प्रतियोगिताको फाईनलमा सर्वीयन खेलाडी नोभाक जोकोभिचलाई हराँउदै मरेले विश्व वरियताको शिर्ष स्थान समेत जोगाएका छन् । यो खेल गुमाएको खण्डमा मरे विश्व वरियताको शिर्ष वरियताबाट ... | जोकोभिचलाई हराँउदै मरेले जिते वर्षको अन्तिम टेनिसको उपाधि |
भारतीय नायिका, मोडल तथा गायिका दिव्या चौकसेको आइतबार निधन भएको छ । उनी विगत साढे एक वर्षदेखि क्यान्सरसँग जुधिरहेकी थिइन् । दिव्याकी दिदी सौम्या अमिश वर्माले फेसबुक पोस्टमार्फत् यसबारे जानकारी दिएकी हुन् । यसअघि दिव्याले पनि १८ घण्टा अघि आफ्नो इन्स्टाग्राममा एउटा मेसेज लेखेकी थिइन् । दिव्याका अन्तिम शब्दः दिव्याले आफ्नो... | क्यान्सरसँग जुधिरहेकी नायिका–मोडल दिव्याको निधन, अन्तिम शब्द – म मृत्युशय्यामा छु, कृपया कुनै प्रश्न नसोध्नुहोस् |
काठमाडौं : स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित प्रेस ब्रिफिङमा यस्तो तथ्यांक पेश गरिएको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार बुधबार थप १४ हजार २०९ ... | कोरोना अपडेट : स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन (लाइभ) |
एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले स्याङ्जाको चापाकोट नगरपालिकका–२ का ५२ वर्षीय नामदेउ कुमाललाई पक्राउ गरेको छ। बाख्रा हेर्न गएकी ६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। पीडित बालिकाका आफन्तले प्रहरीलाई... | ६ वर्षीया बालिकामाथि जबर्जस्ती गरेको आरोपमा ५२ वर्षको व्यक्ति पक्राउ |
काठमाण्डाै - स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिने बताउनुभएको छ । नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री ढकालले कोरोना लागेका सबैको उपचारको जिम्मा सरकारले लिने बताउनुभएको हो । उहाँ... | कोरोना संक्रमित सबै बिरामीको उपचारको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री ढकाल |
नवलपुर- आइतबार मतपेटिका जलाइएपछि स्थगित भएको नवलपुर क्षेत्र नं १ अन्तर्गत पर्ने देवचुली–४ मा आज मतदान भएको छ । स्थानीय शान्ति सृजना आधारभूत विद्यालयमा आज पुनः भएको मतदानमा पाँच सय ८६ मत खसेको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिए । लुइँटेलका अनुसार देवचुलीको मतपेटिका मतगणनास्थल कुमारवर्ती बहुमुखी क्याम... | देवचुलीमा खस्यो ५८६ मत |
धुलिखेल - विद्यालयस्तरीय २५औँ आइजिपी शिल्ड प्रतियोगितामा काभ्रेको साँगास्थित नेपाल प्रहरी माध्यमिक विद्यालय प्रथम भएको छ । मंगलबार भएको फाइनल खेलमा आयोजक नेपाल प्रहरी माध्यमिक विद्यालयले सैनिक आवासिय विद्यालय, भक्तपुरलाई अन्तिम मिनेटमा गोल हान्दै उपाधि हात पार्न सफल भएको हो । आइजिपी शिल्डको रजत वर्षको रुपमा प्रतियोगिता... | नेपाल प्रहरी स्कुललाई आइजिपी शिल्डको उपाधि |
भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलवबाट वञ्चित रहेका छन्। सूर्यविनायक नगरपालिकाभित्रका स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र सहरी स्वास्थ्य संस्थाका कार्यरत एक सयभन्दा बढी स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएका छैनन्। चालु आर्थि... | स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबबाट वञ्चित |
मङ्गलवार ब्ल्याक सीको हवाई क्षेत्रमा अमेरिकी ड्रोन खसेपछि रुसले बुधवार यस ड्रोनको अवशेष हटाउने प्रयास गर्ने जनाएको छ । रुसको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले आफ्नो देशले डुबेको ड्रोन खोज्ने प्रयास गरिरहेको सरकारी च्यानल रोसिया– १ टिभीमा पुष्टि गरेका छन् । उनले भने, 'मलाई थाहा छैन हामी यसलाई फेला पार्न सक्षम हु... | 'ब्ल्याक सी' मा खसेको अमेरिकी ड्रोनको अवशेष रुसले खोज्नेछ, अमेरिकाले के भन्यो ? |
पर्सा — एक महिनाभित्र कृषि सामग्री कम्पनीका नौ र्याक युरिया मल वीरगन्ज आइपुगेका छन् । ग्लोबल टेन्डरबाट मल आपूर्तिको ठेक्का पाएको स्विस सिंगापुर कम्पनीले साउन १३ देखि भारतको कोलकाता बन्दरगाहबाट वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा मल ल्याउन सुरु गरेको कम्पनीको मधेस प्रादेशिक कार्यालय वीरगन्जका सूचना अधिकृत आलोक कुमार... | एक महिनामा ९ र्याक युरिया वीरगन्ज आयो |
काठमाडौं, पुस १३ । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उपाधि मनाङ–मर्स्याङ्दी क्लबले जितिसकेको अवस्थामा दोस्रोदेखि पाँचको भिडन्त रोमान्चक देखिएको छ । शुक्रबार ललितपुको सातदोबाटोस्थित एन्फा मैदानमा भएको दोस्रो खेलमा तेस्रो स्थानको थ्रीस्टार क्लबमाथि नेपाल पुलिस क्लब हावी भएपछि भिडन्त रोमान्चक बनेको हो । ११औं चरणको खेलमा ... | पुलिसले थ्रीस्टारलाई हरायो, दोस्रोदेखि पाँचको भिडन्त रोमान्चक |
काठमाडौं । विश्वका सबै देशमा ओभरटाइमको घटना बढ्दै गएको छ । धेरैले यसको विरुद्ध आवाज पनि उठाएका छन्, धेरैले आफ्नो जागिर गुम्ने डरले शान्त रहन्छन्। तर एक महिलाले यसको विरुद्धमा आवाज उठाइन् र उनले यो मुद्दामा जित पनि हासिल गरिन् । अहिले उनलाई कम्पनीबाट मुआब्जास्वरूप ठूलो रकम दिइएको छ । यो कुरा चीनको हो । यहाँ एक महिला आईट... | ओभरटाइमबाट दिक्क भएकी युवती अदालत पुगिन्, अदालतले दिलायो क्षतिपूर्ति |
उत्तरी क्यालिफोर्नियामा डढेलो फैलिएपछि त्यस क्षेत्रका हजारौँ मानिसलाई सुरक्षित क्षेत्रमा जान आदेश दिइएको छ । एक हजार एकडभन्दा बढी क्षेत्रमा फैलिएको डढेलोका कारण सो क्षेत्रका हजारौं मानिसहरूलाई आफ्नो घरहरू खाली गर्न आदेश दिइएको हो । डढेलोबाट धेरै घरहरु जलेर ध्वस्त भएका छन् । क्यालिफोर्नियामा यसअघि पनि भीषणा डढेलो लागेको... | क्यालिफोर्नियामा डढेलो, हजारौँ मानिस प्रभावित |
एजेन्सी । भारतीय अभिनेत्री दिशा पटानी निर्माता एकता कपुरको होम प्रोडक्सन फिल्म 'केटिना' बाट बाहिरिएकी छन् । दिशाले सन् २०१९ मा फिल्मका लागि हस्ताक्षर गरेकी थिइन् । फिल्मको सुटिङ कोरोनाअघि नै सुरु भएको थियो । यो फिल्मका लागि दिशाले ८ दिनको सुटिङ गरेकी थिइन् । तर कोरोना सुरु भएपछि फिल्मको काम रोकियो । लकडाउन पछि दिशा र न... | एकताको फिल्मबाट निकालिइन् दिशा पटानी |
काठमाडौं । शाओमीले नयाँ स्मार्टफोन सिरिज शाओमी सिभी चीनमा सार्वजनिक गरेको छ। कम्पनीले यो फोन २,५९९ युआनमा अर्थात लगभग ४७ हजार रुपैयाँ २ ६को प्रारम्भिक मूल्यमा बजारमा ल्याएको हो। ट्रिपल रियर क्यामरा सेटअपको अतिरिक्त, यसमा क्वालकम स्न्यापड्रागन ७७८जी प्रोसेसर दिइएको छ। फोन तीन कलर विकल्पमा उपलब्ध हुनेछ। यसको पहिलो बिक्री... | शाओमी सिभी स्मार्टफोन सार्वजनिक, ३६ मिनेटमा स्मार्टफोन फुल चार्ज हुने दाबी |
नेपाल विद्युत प्राधिकरणले थप २ वटा आयोजनाबाट उत्पादित बिजुली निर्यातको अनुमति पाएको छ । भारतले काबेली बीवान आयोजना र तल्लो मोदीबाट उत्पादित बिजुली निर्यातको अनुमति दिएको हो । प्राधिकरणले दिएको जानकारीअनुसार यससँगै नेपालले भारततर्फ कूल ४५२.६ मेगावाट बिजुली निर्यातको अनुमति पाएको छ । यसअघि प्राधिकरणले भारततर्फ ४०८.९५ मेग... | थप दुई आयोजनाको बिजुली निर्यात गर्न प्राधिकरणले पायो अनुमति |
जुम्ला – डाक्टर गोविन्द केसीलाई जुम्लामा अनसन बस्न प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले विज्ञप्ति निकालेर प्रशासन कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई सय मिटर वरपर कुनै पनि प्रकारको अनसन, आन्दोलन तथा विरोध प्रदर्शन गर्न रोक लगाएको छ । चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोज... | डाक्टर केसीलाई जुम्लामा अनसन बस्न प्रतिबन्ध |
काठमाण्डाै – सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसअघि दिँदै आएको मासिक दुई हजार रुपैयाँ भक्तालाई निरन्तरता दिँदै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको बताउनुभएकाे हाे । योसँगै अब विभिन्न तहका कर्मचारीको तलब कम्तीमा ३५ स... | सरकारी कर्मचारीकाे तलब १५ प्रतिशतले बढ्दा कसकाे कति पुग्याे ? |
रुपन्देहीको बुटवलमा उपचाररत एक कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा बुटवलमा उपचाररत पाल्पा रामापुर ७ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। उनको अस्पतालमा उपचारका क्रममा गएराति ११ः५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्... | पाल्पाका कोरोना संक्रमितको बुटवलमा मृत्युु |
काठमाडौं । सामसङले यो चाडवाडको मौसममा आफ्ना उपभोक्ताहरुको चाहना एवं आवश्यकतालाई मध्यनजर गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । वर्तमान कठिन अवस्थामा नेपाली सामसङ मोबाइल पारखीहरुलाई "बडा दसैं बिग, धमाका" योजना सार्वजनिक गरेको हो। सामसङको कुनैपनि स्मार्टफोन तथा ट्याब खरिद गरि यस धमाकामा सामेल हुनुहुने ग्राहकहहरुलाई साप्ताहिक... | सामसङको 'बडा दसैं, बिग धमाका' अफर, बम्पर लक्की ड्रमा रेनो डस्टर गाडी पाईने |
कास्की- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इञ्चार्ज देवेन्द्र पौडेलले पछिल्लो समय देशमा सामाजिक सद्भाव खलल पुर्याउने प्रयास गरिएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) पोखरा महानगर समितिले विजया दशमी, तिहारलगायत विभिन्न पर्वहरूका अवसरमा आज पोखरामा आयोजना गरेको शुभकामना आदानप... | 'दलहरूबीच नयाँ सहकार्य आवश्यक छ' |
दमौली : गत जेठ २४ गते स्वाब नमूना संकलन गरिए पनि लामो समयसम्म नतिजा नआएपछि व्यास नगरपालिकाको आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाइनमा रहेका ५० जनाले आन्दोलन गर्न थाले । पोखरास्थित प्रदेशको प्रयोगशालाबाट नतिजा आउन ढिलो भएपछि ती युवाले दिनहुँजसो आन्दोलन गर्न थालेका थिए । 'दैनिक घर जान पाउनुपर्ने माग गर्दै आन्दोलन हुने अ... | क्वारेन्टाइबाट घर फर्किएका युवामा कोरोना पुष्टि |
हुम्ला – हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका तुम्लिङमा अलपत्र परेका चार विदेशी र तीन नेपाली नागरिकको हेलिकप्टरबाट उद्धार गरिएको छ । हिमपातले तीन दिनदेखि अलपत्र परेका उनीहरूलाई आज बिहीवार उद्धार गरी सिमकोट ल्याइएको हो । हिमपातले वडा नं ६ लिमीको तुम्लिङमा अलपत्रमा परेर उद्धार गरिएका चार स्लोभानियाली नागरिक रहेका हुन् भने... | हुम्लाकाे तुम्लिङमा फसेका चार विदेशी र तीन नेपालीको हेलिकप्टरबाट उद्धार |
भूकम्पको धक्काले बुधबार बिहान काठमाडौं उपत्यकालाई नराम्ररी हल्लाएको छ। बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले यसको पुष्टि गरेका छन्। 'बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रवि... | बिहानै काठमाडौंमा भूकम्पको धक्का |
झापा: अविरल बर्षाका कारण खोलाहरुमा आएको बाढीका कारण झापामा हजारौं घर परिवार विस्थापित भएका छन् । राजमार्ग दक्षिणका क्षेत्र जलमग्न बनेको छ । देउनीया खोलामा आएको बाढीका कारण पृथ्विनगर क्षेत्रका विभिन्न भाग डुबानमा परेको छ । मेची नदीमा पानीको सतह बढेपछि हनुमान मन्दिर छेउमा रहेका स्थानीयबासीलाई अन्यत्र लगिएको छ । विगत केही... | डुबानले झापाका सय भन्दा बढी परिवार विस्थापित |
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले कक्षा ६ सम्म दिँदै आएको दिवा खाजालाई बढाएर आठ कक्षासम्म उपलब्ध गराउने भएको छ। साथै १२ कक्षासम्म कुनै पनि प्रकारको शुल्क नलिने घोषणा गरेको छ। नगरपालिका प्रमुख बालकृष्ण बस्नेतका अनुसार नगरभित्र रहेका ५४ विद्यालयलमा दिवा खाजा र निःशुल्क शिक्षाको सुरुआत गरिएको बताइ। 'नगरभित्र यो शैक्षि... | बाह्रबिसेमा आठ कक्षासम्म दिवाखाजा र निःशुल्क शिक्षा |
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि कर्मचारीलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै डेङ्गुबाट बच्नका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन कर्मचारीलाई आग्रह... | कार्यालय समयमा पूरा बाहुला भएको पोसाक लगाउन मन्त्रालयको आग्रह |
रौतहट प्रहरीले गरुडास्थित एक होटलमा छापामारी सञ्चालकसहित सात जनालाई नियन्त्रणमा लिएको छ। गरुडा नगरपालिका ५ स्थित श्रीराम सुगर मिल्स लिमिटेडको मूल गेट अगाडि संचालनमा रहेको अनिता होटल तथा लज अवैध रुपमा युवायुवतीको आवतजावत बढेको गुनासो बढेपछि बुधवार प्रहरीले छापामारी संचालक निरंजन यादवसहित सात जनालाई पक्राउ गरेको हो। पक्र... | होटलबाट दुई युवतीसहित सात पक्राउ |
सन्तोष राउत (इमेज) सोलुखुम्बु, मंसिर २७ । सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमापात र तल्लो क्षेत्रमा बाक्लो कुइरो लागेर सिमसिम पानी परेपछि जनजीवन प्रभावित बनेको छ । शुक्रबार बिहानदेखि पानी तथा हिउँ पर्दा स्थानीयको जनजीवन कस्टकर बन्दै गएको छ । पशु–चौपायाहरुसमेत प्रभावित भएका हुन् । खुम्बु क्षेत्रमा करिब एक फिट हाराहारीमा... | सोलुखुम्बुमा हिमपात र चिसोले जनजीवन प्रभावित (७ तस्वीर) |
कञ्चनपुर । कञ्चनपुरका बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको छ । बेदकोट नगरपालिका–४ स्थित बङ्गुर फार्ममा सङ्क्रमण देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा पानसिंह ठगुन्नाले जानकारी दिए । उनले एक महिनाअघिदेखि अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुर र बँदेल मर्न थाले पनि ढिला... | बंगुर फार्ममा 'अफ्रिकन स्वाइन फिभर' संक्रमण |
विराटनगर : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले सेवा प्रवाहमा असहाय एवं शारीरिक हिसाबले अशक्त नागरिकलाई प्राथमिकतामा राखेको छ। कार्यालयले कुनैपनि घटनाबाट पीडित भएर आएका असहाय र अशक्त नागरिकलाई सेवा प्रवाहमा पहिलो प्राथमिकता दिन तथा उनीहरूलाई न्यायको अनुभूति हुने गरी काम गर्न मातहतका सबै प्रहरी कार्यालयहरूलाई निर्देशन... | कोसी प्रदेश : प्रहरीको प्राथमिकतामा असहाय नागरिक |
अमेरिकी स्वास्थ्य नियामक निकायले जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको कोभिड–१९ विरुद्धको खोप लगाउन तत्काल रोक लगाउने निर्णय गरेको छ। एक डोज मात्र लगाए हुने यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिन सक्ने अमेरिकी अधिकारीहरुको भनाइ छ। अमेरिकी अधिकारीहरुको भनाइ सार्वजनिक भएलगत्तै जोन्सन कम्पनीले युरोपेली मुलुकमा व... | जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा पनि समस्या, तत्काल रोक लगाउन आदेश |
नयाँदिल्ली : बितेका २४ घण्टामा भारतमा २० हजारभन्दा बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ। यस समयमा २० हजार ४०९ थप व्यक्तिमा कोरोना देखिएपछि भारतमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाखमा ७९ हजार सात सय ३० पुगेको छ। भारतभर एक लाख ४३ हजार नौ सय ८८... | भारतमा एकै दिन बीस हजारभन्दा बढीमा कोरोना सङ्क्रमण |
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्न नहुने बताउनुभएको छ । आइसिसी लिग टु मा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार राष्ट्रपति कार्यालयमा बधाई दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्न नहुने बताउनुभएको हो । उहाँले नेपाली क्रिकेट टिमले राष्ट... | खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नुहुँदैन: राष्ट्रपति पौडेल |
काठमाडौं : चिकित्सा शिक्षा आयोगले योग्यताक्रम विपरित भर्ना प्रक्रिया अघि बढाएको भन्दै पीडित परीक्षार्थीले काठमाडौंमा प्रदर्शन गरेका छन् । आयोगले सर्वोच्च अदालतको आदेश अवज्ञा गरेको र योग्यताक्रमविपरीत भर्ना प्रक्रिया सुरु गरेको भन्दै उनीहरूले सोमबार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । बढी अंक ल्याएका विद्यार्थीलाई छात... | मेरिट विपरित चिकित्सा शिक्षा आयोगले भर्ना लिएको भन्दै पीडित परीक्षार्थी आन्दोलित |
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा मौलिकता हस्तान्तरण गर्न नयाँपुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी रहेको धारणा व्यक्त गर्नुभएको छ । इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उहाँले मौलिक चा... | चाडबाडमा नयाँपुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी छः सभामुख |
काठमाडौँ । पर्यटन व्यवसायी रामप्रसाद बन्जारा 'गोल्डेन हर्स विशेष सम्मान २०८०' बाट सम्मानित भएका छन् । गोल्डेन हर्स फिल्मस्ले राजधानीमा आयोजना गरेको 'गोल्डेन इन्टरनेशनल अवार्ड २०२२' मा उनलाई उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रममा वरिष्ठ चलचित्र अभिनेत्रीत्रय बसुन्धरा भुषाल, भुवन चन्द, चैतदेवी सिंहलगायतले उनलाई खादास... | टानका केन्द्रीय सदस्य बन्जारा 'गोल्डेन हर्स विशेष सम्मान २०८०'बाट सम्मानित |
लन्डन : चर्चित गणितज्ञ एवं तथ्याङ्कविद् टोनी लेविसको निधन भएको छ। उनी अन्तर्राष्ट्रिय क्रिकेटमा 'डकवर्थ एन्ड लेविस' नियमको प्रणेताका रुपमा चर्चित थिए। एकदिवसीय वा टीट्वेन्टी क्रिकेटमा वर्षाका कारण खेल प्रभावित भए 'डकवर्थ एन्ड लेविस' नियमका आधारमा विजेता टोलीको टुंगो लगाउने गरिन्छ। 'डकवर्थ एन्ड लेविस' नियमको सुरुआत गर्न... | क्रिकेटमा 'डकवर्थ एन्ड लेविस' नियमका प्रतिपादकको निधन |
प्रदर्शनीको विहीबार उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरे । लघु, घरेलु तथा साना उद्योगको प्रबद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको पाँचदिने प्रदर्शनीमा २ सय १५ ओटा अवलोकनकक्ष राखिएका छन् । मेलामा स्वदेशीसहित भारत, पाकिस्तान, बंगलादेश र चीनका स्टल रहेको महासंघले जनाए... | १३औं अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमन्डपमा सुरु |
काठमाडौं । इलन मस्कका वकिलहरूले यस हप्ता ट्विटरको प्रतिनिधित्व गर्ने कानूनी फर्म विरुद्ध मुद्दा दायर गरेका छन्। उक्त मुद्दामा, जब मस्कले गत वर्ष कम्पनीलाई निजी लिन खोजिरहेको थियो, फर्मले आफ्नो कामको लागि धेरै शुल्क लिएको दाबी गरिएको छ। मुद्दामा उल्लेख भएअनुसार वाचटेल, लिप्टन, रोजेन र काट्ज, जो मस्कको अधिग्रहण अघि ट्विट... | इलन मस्कको ट्विटरले कानूनी फर्म वाचटेललाई ९० मिलियन शुल्क लिएकोमा मुद्दा दायर |
वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणले उत्तर कोरियामाथि दबाब उत्पन्न गरेको बताएका छन्। उनले भने, 'मेरो एसिया भ्रमणबाट उत्तर कोरियामाथि ठूलो दबाब श्रृजना भएको छ, अब उसले विश्वमा आणविक दादागिरी देखाउन सक्दैन।' उनी करिब दुई हप्ताको एसिया भ्रमणपछि मङ्गलबार मात्र अमेरिका फर्किएका छन्। बुधबार अमेरि... | अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन: ट्रम्प |
बंगलादेशको ढाकामा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागी भएको नेपाली भलिबल टोली बिहीबार स्वदेश फर्किएको छ। उपाधि जितेर फर्किको नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज र नेपाल भलिबल संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। सेन्ट्रल जोन भलिबल च्य... | महिला भलिबल टोलीलाई स्वागत |
काठमाण्डौ - एनसेलले बिहीबार (चैत्र २०) बाट लागू हुनेगरी डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ । एनसेलले आफ्नो कर बाहेक २ रुपैयाँ प्रति एमबी रहेको पे एज यु गो शुल्क १.५० पैसा प्रति एमबीमा झारेको हो । यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागू रहनेछ कम्पनीले जनाएको छ। कम्पनीले यसअघि नै पे एज यु गो अन्तर्गत ... | एनसेलले इन्टरनेट शुल्क २५ प्रतिशतले घटायो |
काठमाडौँ: नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले आफ्नो पार्टीले बिपीको प्रातान्त्रिक समाजवादलाई कार्यान्वयन गर्न नसकेको बताउनुभएको छ । अर्घाखाँची सम्पर्क सदन काठमाडौँले आयोजना गरेको कार्यकर्ता भेला तथा अन्तक्र्रिया कार्यक्रममा महामन्त्री कोइरालाले सो समाजवादमा मुलुकमा सबै जनताले न्यूनतम आधारभूत आवश्यकता परिपूर्त... | काँग्रेसले वीपीको समाजवादलाई कार्यान्वयन गर्न सकेन: महामन्त्री कोइराला |
काठमाडौं — इन्डोनेसियाको पूर्वी जाभामा फुटबल रंगशालामा दंगा हुँदा कम्तीमा १२७ जनाको मृत्यु भएको छ । पर्सीबाया सुरबायासँग अरिमा फुटबल क्लबले ३–२ ले खेल हारेपछि समर्थकहरु मैदानमा उत्रिएर दंगा सुरु गरेका थिए । खेल सकिएपछि मैदानमा छिरेका उनीहरुलाई सम्हाल्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । सोही क्रममा भागदौड हुँदा कम... | रंगशालामा भागदौडका क्रममा इन्डोनेसियामा कम्तीमा १२७ जनाको मृत्यु |
चितवन । चितवनको भरतपुर महानगरपालिकामा यसअघिकी मेयर रेणु दाहाल पछि परिरहेकी छिन् । २ सय मतगणना हुँदा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायमै राखेका छन् । पछिल्लो परिणाम अनुसार सुवेदीले ८२ मत ल्याउँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले ६८ मत पाएकी छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको भइँकटहर चिन्हले २५ मत प... | भरतपुरमा २ सय मत गणना, रेणु पछि पर्ने क्रम जारी, भुइँकटहरमा पनि राम्रो मत |
मंगलबार गरिएको मौद्रिकनीतिको अर्धवार्षिक समीक्षामा निजी सवारीको अटोमा जाने कर्जामा मूल्यको ५० प्रतिशतसम्ममात्र बैंकहरुले लगानी गर्न पाउने व्यवस्था गरिएको हो । केन्द्रीय बैंकले बैंकहरुले जथाभावीरुपमा निजी अटो लोन दिएको र त्यसले पनि लगानीयोग्य रकममा समस्या देखिएको भन्दै कडाइ गरेको हो । सार्वजनिक सवारी–साधन र भौतिक पूर्वा... | 'अटो लोन' ५० प्रतिशतमात्रै, ओभर ड्राफ्ट सीमा पनि ७५ लाखमा सीमित |
राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा आज मनोनयन दर्ता हुने भएको छ। माघ २५ गतेका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान कार्यतालिका सार्वजनिक भएको थियो। सोही अनुसार आज मनोनयन दर्ता हुँदैछ। नेकपा (एमाले) बाट राष्ट्रियसभा सदस्य बनेका रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न राष्ट... | राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मनोनयन दर्ता गरिँदै |
काठमाडौँ । नेपाली कांग्रेसले नेपाललाई सन् २०४५ मा शून्य कार्बन उत्सर्जन राष्ट्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज सार्वजनिक गरेको पार्टीको सङ्कल्पपत्रमा उक्त प्रतिबद्धताका लागि विभिन्न सिद्धान्त र नीति अवलम्बन गर्ने जनाएको छ । कांग्र... | सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता |
काठमाडौं : सयौं सर्वसाधारणको ज्यान जानेगरी गाजास्थित एक अस्पतालमा भएको आक्रमणप्रति नेपाल सरकारले निन्दा गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै निर्दोष सर्वसाधारणको हत्या गरिएको भन्दै सरकारले गहिरो संवेदनासमेत व्यक्त गरेको छ। 'गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएकोमा नेपाल सरकार स्तब्ध भएको... | गाजामा सर्वसाधारणको ज्यान जानेगरी अस्पतालमा भएको आक्रमणप्रति नेपाल सरकारको निन्दा |
काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति करिब साढे सात प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत छ । गत आर्थिक वर्षको... | मूल्यवृद्धि साढे सात प्रतिशत नजिक |
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरल ब्यूरो अफ इन्भेष्टिगेसन (एफबीआई)का एजेन्टहरूले अगस्त ८ मा छापा मार्दा आफ्नो राहदानी चोरेको आरोप लगाएका छन् । 'एफबीआईको छापामा तिनीहरूले मेरा तीनवटा राहदानी (एउटा म्याद सकिएको) चोरेका थिए' ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्ममा भनेका छन् । रिपब्लिकन नेताले थपे, 'यो हाम्रो... | एफबीआईले मेरो पासपोर्ट चोर्यो : ट्रम्प |
काठमाडौ : संघीय गठबन्धनको संयोजकबाट संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव हटाइनु भएको छ । राष्ट्रिय जनता पार्टीको कार्यालयमा बसेको सो पार्टीको बैठकले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई सो पदमा सर्वसम्मत चयन गरिएको छ । 'हाम्रा मुद्दाहरुलाई अझ उचाईका साथ निष्कर्षमा पुरयाउन एवं संघर्षका कार्यक्रमहरु अगाडि बढाउनको... | संघीय गठबन्धनबाट उपेन्द्र यादव आउट |
मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन आज आफ्नो ४९ औं जन्मदिन मनाउँदैछन् । उनको व्यक्तिगत र व्यावसायिक जीवनको दुबैनै चर्चामा रहने गर्छ । उनी छिट्टै अभिनेत्री दीपिका पादुकोणसँग फिल्म फाइटरको सुटिङ सुरु गर्दैछिन् । यसैबीच उनी प्रेमिका सबा आजादसँग यसैवर्ष विवाह गर्ने तयारीमा रहेको समेत बाहिरिएको छ । ऋतिकका परिवार सबालाई लिएर धे... | के प्रेमीका सबासँग ऋतिक गर्दैछन् यसै वर्ष विवाह ? |
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को पोलिट्ब्यूरो बैठक सुरु भएको छ । काठमाडौंको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सुरु भएको बैठकमा स्थानीय निर्वाचनको समीक्षा र आगामी निर्वाचनको तयारीबारे छलफल हुने महासचिव डा. वेदुराम भुषालले जानकारी दिनुभयो । उहाँले बैठकमा सहभागीहरुको सल्लाह, सुझाव ... | नेकपा एसको पोलिट्ब्यूरो बैठकमा आगामी निर्वाचनको तयारीबारे छलफल |
एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले इन्ग्लिश क्लब म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत डाइनामो जाग्रेबविरुद्धको खेलमा समर्थकहरुले मैदानमा विभिन्न चिजहरु फ्याकेपछि सिटीलाई जरिवाना गरिएको हो । घरेलु मैदानमा २–० को जित निकाल्दा सिटीका समर्थकहरुले फोहोर वस्तुहरु मैदानमा फालेका थिए ... | युईएफएद्वारा सिटी, लिभरपुलसहित चार क्लबलाई जरिवाना |
काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो जिम्मेवारी वहन गर्दै कर्तव्य पालनाको शिलशिलामा विनम्र बन्ने तर कमजोर नबन्न निर्देशन दिनुभएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको बुधबार अवलोकन भ्रमणको क्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख तथा १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु हुँदै प्रहर... | कर्तव्य पालनाको सिलसिलामा विनम्र बन्नुस्: प्रहरी महानिरीक्षक क्षेत्री |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.