content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ हात्तीखौवा निवासी २३ वर्षीय शिवराज डाँगीको मृत्यु भएको हो।, मोटरसाइकलको पछाडि सवार सोही ठाउँ निवासी १९ वर्षीय सुमन अधिकारी भने घाइते छन्।, पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. ५ पहरुवा भन्ने स्थानमा प... |
प्रभाकर गौतम 'मिस ट्यालेन्ट अवार्ड गोज टु कन्टेस्टेन्ट नम्बर फोर्टिन्।', नम्बर फोर्टिन् अर्थात् कला सुब्बा।, उनी आफूलाई अवाक् बनाउने त्यो नतिजा सुनेर हासौं कि रोऊँको अन्यौलमा थिइन्। खुसीले आँखा रसाएको क्षण अझै सम्झिन्छिन्– १९९६ सेप्टेम्बर २१, काठमाडौंको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, मिस नेपाल।, सन् २००० म... |
सेतोपाटी संवाददाता तराईका अधिकांश जिल्लासँगै रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत दाङ जिल्लामा बाक्लो कुहिरोसँगै शीतलहर चलेको छ।, मंसिरको अन्तिम साता परेको बेमौसमी वर्षापछि बढेको चिसोसँगै मंगलबारदेखि चलेको शीतलहरले जनजीवन कष्टकर भएको छ।, बिहानैदेखि हुस्सुसँगै शीतलहर चलेपछि धेरैजना घरबाट बाहिर निस्कन सकेका छैनन्। सडकमा ... |
एजेन्सी ट्वीटरका संस्थापक ज्याक डोर्सेले फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई अनफलो गरेका छन्। मंगलबार डोर्सेले आफ्ना प्रतिद्वन्द्वी फेसबुकका सिइओ जुकरवर्गलाई सबैले थाहा पाउने गरी अनफलो गरेका हुन्।, जुकरवर्गलाई अनफलो गर्नुअघि डोर्सेले 'बिग टेक अलर्ट' नामक ट्विटर अकाउन्टलाई फलो गरेका थिए। जुन अकाउन्टले ट्विटरमा भएका विभ... |
नेहा झा बलात्कारको गलत प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पतालका २ जना चिकित्सकलाई विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको छ।, विशेष अदालतले मंगलबार चिकित्सकद्वय डा विजयकुमार सिंह र डा रम्भा गोइतलाई दोषी ठहर गरेको हो। विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले उनीहरुलाई दोषी ठहर गरे... |
एजेन्सी पानामाको ला–जोयिता जेलमा गोली चल्दा १३ कैदीको मृत्यु भएको छ। मंगलबार दिउँसो जेलभित्र कैदी समूहमै झडप हुँदा गोली चलेको थियो। त्यस झडपमा परी १३ कैदीले ज्यान गुमाएका थिए भने १३ जना घाइते समेत भएका थिए।, ,त्यस्तै जेल भित्रबाट तीन एके–४७ राईफल र पाँच पेस्टोल फेला परेको छ। कैदीहरुमा आफ्नै समूहबीच कुरा नमिल्दा उक्त घ... |
सेतोपाटी काठमाडौँ विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा लगाएको ताला २१ दिनपछि बुधबार खुलेको छ ।, यसअघि काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घ र काठमाडौँ विश्वविद्यालय कर्मचारी सङ्घ दुवैले आफूहरुसँग काठमाडौँ विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकार सम्पन्न वार्ताटोलीबीच २०७६ भदौ ३० गते विश्वविद्या... |
सेतोपाटी संवाददाता सेतोपाटी ब्रिफ्रिङ, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतोले प्रतिनिधि सभाको उपसभामुखमा आफ्नो पार्टीको दावी रहने बताएका छन्। नेकपासँग सहमतिपछि सेतोपाटीसँग कुरा गर्दै संयोजक महतोले फरक फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने भएकाले आफ्नो पार्टीको दावी स्वभाविक रहेको बताए।, ,‘अहिलेसम... |
सेतोपाटी संवाददाता शीतलहरले धनगढीमा चिसो बढेपछि उपमहानगरभित्रका विद्यालय बन्द गरिएको छ।, महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार आज बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय भएको हो।, सामुदायिक र संस्थागत विद्यालय दुई दिन बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए।, वर्षे र हिउँदे बिदाब... |
सेतोपाटी त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५औँ दीक्षान्त समारोहमा आज हुँदैछ।, प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने समारोहमा १० हजार १८४ विद्यार्थी दिक्षित हुँदैछन्।, पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदक-पुरस्कारसमेत प्रदान गरिने भएको दीक... |
सेतोपाटी संवाददाता कर्णाली प्रदेशको रूकुम पश्चिममा पर्ने आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना तथा सञ्चार प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भएको छ।, कार्यालयको काम सकेर डेरामा फर्किने क्रममा बुधबार साँझ ६ बजे वडा नम्बर-३ का वडाध्यक्ष केशरमान बिकका भाइ गोपाल बिकको समूहले केसी र च... |
सेतोपाटी संवाददाता दार्जलिङबाट नेपाल घुम्न आएको भारतीय बोलेरो जीप उदयपुरको उदयपुरगढी गाउँपालिका–३, तामडाँडामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ।, मृत्यु हुनेमा उदयपुर उदयपुरगढी गा.पा.३ घर भई हाल मोरङ पथरी शनिश्चरे न.पा.४ बस्ने ६१ वर्षीय टिक नारायण श्रेष्ठ, सोही ठाउँमा बस्ने ४७ वर्षीय ढक बहादुर मगर, ४७ व... |
सेतोपाटी संवाददाता ट्रयाक्टरले ठक्कर दिँदा स्कुल जाँदै गरेकी छात्राको मृत्यु भएको छ।, मृत्यु हुनेमा तुलसी बोर्डिङ स्कुलमा अध्ययनरत तुलसीपुर-७ शिवनगरकी १३ वर्षीया बालिका विजिता केसी रहेकी छिन्।, उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको अस्पतालको सुरक्षामा खटिएका प्रहरी हवल्दार शिव विष्टले बता... |
खिलानाथ ढकाल स्थायी आप्रवासको आश्वासनमा दलालमार्फत चोरी बाटो हुँदै अमेरिका पुगेका पाँच नेपालीलाई अमेरिकाले नेपाल फर्काएको छ। लामो समय अध्यागमनको हिरासतमा रहेका नेपाली युवालाई त्यहाँको अदालतले गैरआप्रवासी ठहर गरेपछि अमेरिकाले नेपाल ‘डिपोर्ट’ गरेको हो।, डिपोर्ट भएका ती नेपालीलाई छोड्न बुधबार चार्टर्ड बिमान काठमाडौं आएको... |
सेतोपाटी संवाददाता साना सवारीसाधन चलाउन अनुमतिपत्र प्राप्त गरेका एक व्यक्तिले बस चलाएपछि बस र चालकलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ।, कार/जीप चलाउन अनुमतिपत्र प्राप्त गरेका चालकले बा४ख ९३२० नं को बस चलाएपछि जाँचका क्रममा बस र चालकलाई नियन्त्रणमा लिएको उनले बताए।, धनुषाबाट शैक्षिक भ्रमणमा हिँडेको प्रगति शिशु सद... |
सेतोपाटी संवाददाता पुस १० गते बिहिबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्दैछ।, दुई घन्टा ४९ मिनेट लामो ग्रहण त्यसदिन नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरू भएर १० बजेर १ मिनेटमा सकिनेछ।, खण्डग्रास सूर्यग्रहण अधिकतम् भएको बेला काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्ट... |
सेतोपाटी संवाददाता भदौको पहिलो साताबाट काठमाडौं महानगरपालिकाले जैविक र अजैविक फोहोर छुट्टाछुट्टै संकलन गर्ने योजना अघि सारेको थियो। फोहोरको दीर्घकालीन समाधान खोज्दै अघि सारेको योजना चार महिना बितिसक्दा निष्प्रभावी भएको छ।, महानगरीय वातावरण विभाग, टेकु फोहोर संकलन केन्द्र समेत रहेको कामपा १२ नम्बर वडावासीले महानगरको यो... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि गरेका पाँच प्राध्यापक र २६ जना सहप्राध्यापक माग गरेको छ।, त्रिविले बिहीबार सूचना जारी गरी अनुसन्धानात्मक विशिष्टता आधारमा यसअन्तर्गतका विभिन्न निकायहरुका लागि ३१ जना प्राध्यापक र सहप्राध्यापक माग गरेको हो।, यसअन्तर्गत त्रिविले फरेष्ट्री, सिभिल इन्जिनियरिङ, अंग्र... |
निशा भण्डारी त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५ औं दीक्षान्त समारोह १० हजार १८४ विद्यार्थी दीक्षित भएका छन्।, उक्त समारोहको अध्यक्षता शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने बताए पनि स्वास्थ्यका कारण उनी उपस्थित भएनन्। , पुल्चोक क्याम्पसमा आयोजना भएको त्रिविको दीक्षान्त ... |
सेतोपाटी संवाददाता काठमाडौंबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चोरीका ९ वटा मोटरसाइकलसहित ११ जनालाई पक्राउ गरेको हो।, राजधानीको चन्द्रागिरि, नागर्जुन,कीर्तिपुरमा चोरी गर्ने गिरोहलाई वृत्त कीर्तिपुरले विभिन्न स्थानबाट चोरीका मोटरसाइकलसहित चोरीमा संलग्नलाई न... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नवलपरासी रामग्राम नगरपालिका-१८ का वडाध्यक्ष दुई लाख घुस रकमसहित पक्राउ परेका छन्।, अध्यक्ष गोपाल डिस्वा मगर र लेखनदास रवीन्द्र यादवले कार्यालयबाट सिफारिस दिने प्रायोजनार्थ दुई लाख घुस माग गरेका थिए।, सोही सूचनाका आधारमा अख्तियारको बुटवलको टोलीले बिहीबार दुवैलाई न... |
नेहा झा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा रहेको मिथिला विहारी राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक संरचना जीर्ण अवस्थामा छ। कुनै कक्षामा झ्याल ढोका छैन भने कुनै कक्षा कोठाको पर्खाल नै भत्किएको छ।, कक्षा ५ सम्म पढाई हुने सो विद्यालयमा अध्ययन गर्नका लागि जम्मा १० जना विद्यार्थी छन्। तिनै १० विद्यार्थीलाई पढ... |
सेतोपाटी संवाददाता भ्रष्टाचारको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका डिएसपी श्याम राईले सफाइ पाएका छन्। विशेष अदालतका न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजालासले राईलाई सफाइ दिएको हो।, २०७५ साल असोज २० गते बौद्ध प्रहरीका प्रमुख रहेका बेला १ लाख ४० हजार रकमसहित उनी पक्राउ परेका थिए। राईले... |
सेतोपाटी संवाददाता बलात्कारको अभियोगमा पक्राउ परेका सिद्धबाबालाई थुनामा राख्न सात दिनको म्याद थप गरिएको छ।, सोमबार सिद्धबाबा (कृष्णबहादुर गिरी)को बयान सकिए पनि थप अनुसन्धानको लागि सात दिनको म्याद थप गरिएको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए।, आफ्नै अनुयायीलाई बलत्कार गरेको आरोपमा प्रकाउ परेका बाबालाई यसअ... |
सेतोपाटी संवाददाता नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले भुटान, बंगलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्बिर लिएको छ।, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले आफ्नो कार्यालयमा सूचना प्रवाह गर्ने माध्यम ग्राउण्ड स्टेसन जडान गरेसँगै नेपाली स्याट–१ पहिलो पटक... |
सेतोपाटी संवाददाता नक्कली सवारी चालक अनुमति पत्रसहित मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, रौतहट विजयपुर नगरपालिका वडा नं ९ बस्ने २६ वर्षीय रोमियो कालिकोटेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, हेटौंडा कान्तिराजपथ सडक खण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उन... |
सेतोपाटी संवाददाता चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरू गरेको धुर्मुस-सुन्तली फाउन्डेसनले ठेला पसल पनि खोलेको छ।, ठेला पसलमा बदाम, पानी, स्याउ, सुन्तला र म:म बेच्न राखिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल 'धुर्मुस' ले सेतोपाटीलाई बताए।, आइतबार सुरू ठेला पसलबाट संकलन भएको सबै पैसा रंगशाला निर्माणमा खर्च... |
नारायण महर्जन नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको राष्ट्रिय सम्मानकासाथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। शनिबार निधन भएका कलाकार दीपक क्षेत्रीको पनि आजै अन्त्येष्टि गरिएको छ।, उनीहरूको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनको लागि सोमबार मध्यान्ह १२:३० बजेदेखि १:३० बजेसम्म चलचित्र विकास बोर्डको प्रांगणम... |
सेतोपाटी संवाददाता काठमाडौंको सामाखुशीमा दुईवटा बस एकआपसमा ठोक्किँदा केही घाइते भएका छन्।, साँझ सवा ६ बजेतिर दुई बस एक आपसमा ठोक्किएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा एसपी जीवनकुमार श्रेष्ठले बताए। ,दुर्घटनामा केही घाइते समेत भएको तर पूर्ण विवरण नआएको श्रेष्ठले जानकारी दिए। , घटनास्थलमा प्रहरीको टोली पुगी थप अनु... |
सेतोपाटी यातायात व्यवसायीले तोकिएको भाडा दरभन्दा बढी असुलेको गुनासो आएपछि सोमबार प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायतको टोलीले यात्रुहरुको टिकट आफैले जाँचे।, जाँचका क्रममा उनले तोकिएभन्दा बढी भाडा उठाएको भेट्टाए।, गाडीभित्र गएर प्रत्येक यात्रुबाट टिकट जाँच गर्दा बढी रकम उठाएको पाएपछि उनीसहितको टोलीले बढी उठाइएको रक... |
सेतोपाटी विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई चार लाख रुपैयाँ जरिवाना तिरेका छन्।, घटना झापाको हो ।, मंसिर २९ गतेको दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका–७ का सुवेदी थरका एक युवकको वैवाहिक कार्यक्रम ... |
सेतोपाटी संवाददाता टुटल र पठाओ रोक्नका लागि उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। साेमबार न्यायाधीश प्रभा बस्नेत र शान्ता सेढाईको इजलासले अन्तरिम आदेश जारी नहुने निर्णय गरेको हो।, अन्तिम सुनुवाईपछि मात्रै यसबारे निर्णय हुने अदालतको आदेशमा उल्लेख छ।, ट्याक्सी व्यवसायी संघले टुटल र पठाओ अवैधानिक रहेको भन्... |
युवराज श्रेष्ठ रंगकर्मी अनुप बराल दुई महिनादेखि पोखरालाई थलो बनाएर रंगकर्ममा लागिरहेका छन्। उनका लागि पोखरा नयाँ ठाउँ होइन। उनले यहीँबाट रंगकर्मका सुरूआती चरण पार गरेका थिए।, दुई दशकअघि एक कविले 'अनुपलाई रोक पोखरा' भनेर कविता लेखे। कविताले अनुपलाई रोक्न सकेन। उनी काठमाडौं लागे। काठमाडौंले पनि अनुपलाई रोकेन। रंगकर्मको ... |
सेतोपाटी २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक भएको छ।, राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार २०७६ सालको माध्यमिक परिक्षा चैत ६ गतेदेखि सुरु हुनेछ। बोर्डका अनुसार एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा चैत ६ देखि १७ गतेसम्म चल्नेछ।, प्रकाशित तालिका ... |
सेतोपाटी पोखरिया नगरपालिकाका विभिन्न ११ स्थानमा गएराति आगजनी गरिएको छ।, मोटरसाइकलमा आएका दुई जनाले नगरपालिकाको वडा नं ४ र ५ का विभिन्न स्थानमा आगजनी गरेका हुन्।, मोटरसाइकलमा सवार रहेका व्यक्तिले राति घर अगाडि राखिएका परालका कुन्यू र एक पान पसलमा आगजनी गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार... |
सेतोपाटी संवाददाता खोटाङको खोटेहाङ गाउँपालिका-७ खोटाङबजारका मनिकलाल प्रधानको घरमा आगलागी हुँदा ठूलो धनमालको क्षति भएको छ।, मंगलबार बिहानको राति साढे १ बजे विद्युत सर्ट भई अचानक आगलागी हुँदा मनिकलाल प्रधानको ढुङ्गा माटोले बनेको टिनको छानो भएको तीन तले घर तथा घरभित्र रहेको सम्पूर्ण सामानहरू पूर्ण रुपमा जलेर नष्ट हुँदा ३... |
सेतोपाटी संवाददाता काठमाडौंको प्रदर्शनिमार्गस्थित नेपाल ल क्याम्पसले एलएलबी तहको प्रवेश परीक्षा स्थगित गरेको छ।, क्याम्पसले सोमबार सूचना जारी गर्दै पुस ५ गते (शनिबार) हुने भनिएको प्रवेश परीक्षा स्थगित गरेको हो।, डिन कार्यालयको निर्देशनअनुसार अर्को सूचना प्रकाशित नभएसम्म परीक्षा स्थगित गरिएको क्यामपसले जनाएको छ।, गत मं... |
सेतोपाटी संवाददाता गोली लोड भएको पेस्तोल बोकेर आफूसँग बस्दै आएका केटासाथी भागेपछि नेपाल प्रहरीकी एक जवान पक्राउ परेकी छिन्।, घटना जनकपुरको हो। उच्च अदालत जनकपुरकी न्यायाधीश सकुन्तला घिमिरेकी सुरक्षा गार्ड ती महिला प्रहरीको पेस्तोल उनका केटासाथी सिवेन्द्र यादवले लिएर भागेका हुन्। यादव सोमबार राति १० बजेदेखि फरार छन्।... |
सेतोपाटी संवाददाता भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत् नायब सुब्बा नारायणराज मिश्रविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।, चालीस हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले मंगलबार मिश्रविरूद्ध घुसबराबरकै रकम बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको हो।, अख्तियारले सेवा... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका रजिष्ट्रारसहित चार जनाविरूद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ।, रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित चार जनाले ५ लाख ५० हजार भ्रष्टाचार गरेको अभियोगमा मंगलबार अख्तियारले विषेश अदालतमा मुद्दा दायर गरेको हो।, बिल भरपाई ... |
सेतोपाटी संवाददाता गुठी संस्थान प्रधान कार्यालय त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।, मंगलबार उनीहरूलाई अख्तियारले कार्यालयबाटै पक्राउ गरेको हो।, जग्गासम्बन्धी विवादमा सेवाग्राहीबाट घुस रकम लिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको अख्त... |
सेतोपाटी संवाददाता पृथ्वी जयन्तीको दिन गोरखा नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेको छ।, सोमबार बसेको नगरको कार्यपालिकाको बैठकले आउँदो पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको हो।, सो दिन नगरभित्र पर्ने सरकारी कार्यालय तथा विद्यालय सबै बन्द रहने नगरपालिकाले जनाएको छ।, पृथ्वी जयन्ती आउन २६ दिन बाँकी ... |
दिपकजंग शाही कर्णाली प्रदेश सरकारले छोरीको नाममा बैंक खाता खोल्ने योजना सुरु गरेको छ। ‘बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको’ कार्यक्रममार्फत प्रदेश सरकारले कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको साउनयता जन्मिएका छोरीहरुको बैंक खाता खोल्न सुरु गरेको हो।, कर्णाली प्रदेश सरकारले यही आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यो ... |
सेतोपाटी संवाददाता सौतेनी छोरीसँगको झगडाको रिसमा एउटी आमाले परिवारका सबै सदस्यलाई विष सेवन गराएकी छिन्।, विष मिसाएको तरकारी खाएर उनको मृत्यु भएको छ।, यो वीरगन्ज नगरपालिका-२४ मा सोमबार राति भएको घटना हो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बहुअरी बस्ने राधिका देवी पटेलले सोमबार बेलुका तरकारीमा ‘अल्मुनियम फस्फेट’ नामक... |
सेतोपाटी संवाददाता रसुवाको कालिका गाउँपालिकामा १२ वर्षिया विदेशी बालिकालाई बलात्कारको प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सुनील पौडेल छन्। आफ्नो दाइसँग आएकी विदेशी पाहुनाकी छोरीलाई गत मंसिर २८ गते शनिबार राति बलात्कारको प्रयास गरेको आरोपमा पौडेल पक्राउ परेका हुन्।, विदेशमा बस्दै आएका दा... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध तीन किलो कोकिनसहित बोलिभियन नागरिक पक्राउ परेका छन्।, राहदानी नम्बर सिई २८०७२ बाक ४१ वर्षीया हेरेरा एर्टेगा ओल्गालाई मंगलबार बिहान पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।, फ्लाई दुबईको उडानबाट काठमाडौं आएका उनलाई विमानस्थलस्थित लागुऔषध नियन्त्... |
सेतोपाटी संवाददाता संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खगोल युनियन (आइएयु)ले एक तारा र त्यसलाई घुम्ने ग्रहको नाम सगरमाथा र लालीगुराँस राखेको छ।, फ्रान्सस्थित पेरिसमा मंगलबार आइएयुले पत्रकार सम्मेलन गर्दै सय वर्ष पुगेको अवसर तारा र ग्रहको नामाकरण गरेको हो।, यसअघि आइएयुले नेपालीहरूलाई एक/एक तारा र ग्रहको नाम राख्ने अव... |
सेतोपाटी संवाददाता बढी ब्याज दिने प्रलोभन देखाएर आधा दर्जन व्यक्तिको साढे २० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, इलाका प्रहरी कार्यालय इटहरीले मंगलबार इटहरी-८ का ४८ वर्षीय सुवास श्रेष्ठ र वडा नम्बर ९ का ३६ वर्षीय दोर्ण श्रेष्ठलाई पक्राउ गरेको हो।, दुबैविरूद्ध बीस लाख ४६ हजार ५७ रुपैयाँ ... |
सेतोपाटी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) समापनका दिन समाचार सङ्कलनका क्रममा खेल पत्रकार कुट्ने प्रहरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।, नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्ना खेल पत्रकारलाई कुटपिट गर्ने प्रहरीलाई सजायको माग गर्दै मुद्दा दायर गरेको हो।, गत मङ्सिर २४ मा साग खेल समापनको दिन नागरिक ... |
सेतोपाटी संवाददाता कलंकीस्थित नेपालय कलेजमा अध्ययनरत विद्यार्थीलाई बसले ठक्कर दिएको छ।, आइतबार बिहान ६ : २० बजेतिर कलंकी मन्दिर नजिकै कलंकीबाट कालीमाटीतर्फ जाँदै गरेको ना ५ च ४५९० नम्बरको सार्वजनिक बसले ठक्कर दिँदा सिन्धुली घर भई खसी बजार बस्ने पवित्रा बस्नेत घाइते भएकी प्रहरीले जनाएको छ।, उनको टाउको र छातीमा चोट लागे... |
सेतोपाटी संवाददाता एक सातामा महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत दुई प्रहरी घुसकाण्डमा समातिएका छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार प्रहरी निरीक्षक जयनेपाल थापालाई घुससहित पक्राउ गरेको थियो। उनी ४० हजार घुससहित खुमलटारबाट पक्राउ परेका थिए।, शुक्रबार फेरि अपराध महाशाखामा कार्यरत् प्रहरी सहायक निरीक्षक उ... |
दिपकजंग शाही हुम्ला राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको जिल्ला हो। तै पनि हुम्लामा १०० किलोमिटर सडक छ।, सदरमुकाम सिमीकोटदेखि खार्पुनाथ गाउँपालिकासम्म ५ किलोमिटर, सर्केगाड गाउँपालिकादेखि चंखेली गाउँपालिकाको सत्तीसल्लासम्म ११ किलोमिटर सडक छ। तिब्बतसँग जोडिएको हिल्सा नाकादेखि सिमीकोटसम्म ८४ किलोमिटर छ। ९४ किलोमिटर सडकमध्ये ... |
एजेन्सी अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले एक अर्ब ३३ करोड रुपैयाँ बराबरको घर किनेका छन्।, ओबामाले डिसेम्बर ४ तारिखमा एड्गरटाउनस्थित मार्थाज भाइनयार्ड किनेका हुन्।, उक्त घरको मूल्य ११.७५ मिलियन डलर अर्थात् एक अर्ब ३३ करोड ७४ लाख ३७ हजार ३९ रुपैयाँ परेको छ।, ओबामाले विक्लिफ ग्राउसबेक र कोरिन बास्लर ग्राउसबेकबाट उक... |
सेतोपाटी संवाददाता हत्यामा संलग्न रही फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, नुवाकोट तारकेश्वर गाउँपालिका-५ का १५ वर्षीय लैलु लामाको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले तारकेश्वर गाउँपालिका-५ का सन्तबहादुर तामाङ र काठमाडौं नागार्जुन नगरपालिका-२ का केशव लामालाई पक्राउ गरेको हो।, प्रहरीको केन्द्रीय अनुसन्धान ब... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय भोजपुरले नयाँ भवन निमार्ण गरेको छ।, नयाँ भवन निमार्णसँगै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । झण्डै ५ करोडको लगानीमा भोजपुर प्रहरीले अत्याधुनिक भवन बनाएको छ।, ४ करोड ८२ लाख रुपैयाँको लागतमा भवन बनाइएको सो भवनमा कार्य शाखा, अपराध अन... |
सेतोपाटी संवाददाता खुलामञ्च टुँडिखेलको यस्तो हिस्सा हो, जसले हामीलाई नेपालको प्रजातान्त्रिक आन्दोलन सम्झना गराउँछ।, त्यहाँको सार्वजनिक ‘अडिटोरियम’ ले २०४६ सालको जनआन्दोलन सम्झाउँछ, जसले तीसवर्षे पञ्चायत ढालेर बहुदल पुनर्स्थापना ग,र्,यो।, यसले २०६२ सालको दोस्रो जनआन्दोलन पनि सम्झाउँछ, जसले नेपालबाट कम्तीमा दुई हजार वर... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।, दुर्घटनामा १८ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, दोलखा जिल्लाको कालिन्चोक मन्दिर दर्शन गरी काठमाडौंतर्फ फर्कंदै गरेको बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सडकबाट ५०० मिटर तल खसेको थियो।, प्रधान कार्यालयका अनुसार घटनास्थलमा ८ महि... |
युवराज श्रेष्ठ फेवातालको उत्पत्ति कहिले र कसरी भयो होला ?, पोखरा भन्नेबित्तिकै याद आउने फेवाताल २५०० देखि ३५०० वर्षअघि निर्माण भएको प्रा. डा. देवेन्द्रबहादुर लामिछाने बताउँछन्। , ‘अन्नपूर्ण हिमश्रृंखलाबाट झरेको पहिरोले पुरिएर जति बेला पोखरा सहर बन्यो, त्यति नै बेला फेवाताल पनि बन्यो,’ लामिछानेले भने।, पोखरामा जारी साह... |
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेज (सिएसमसी) ले सबै संकायको शुल्क समायोजन गर्ने भएको छ।, कलेजले शनिबार विज्ञप्ति जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन आग्रह गरेको छ।, सरकारसँग दुई बुँदे सहमति गरे पनि आफ्नो कलेजले अन्य शैक्षिक कार्यक्रमको शुल्कसमेत समायोजन गर्न लागेको विज्ञप्तिम... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ। दोलखा जिल्लाको कालीञ्चोक मन्दिर दर्शन गरी काठमाडौंतर्फ फर्कंदै गरेको बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सडकबाट ५०० मिटर तल खसेको थियो।, उक्त दुर्घटनामा १७ जना घाइते भएका र केहीको अवस्था गम्भीर रहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका... |
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरि-११ सतुंगलस्थित गौरीशंकर पेन्ट्स कारखानामा आगलागी भएको छ।, करेन्ट सर्ट भएर कारखानामा आगलागी भएको प्रहरीले जनाएको छ।, महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाले आगो निभाउनको लागि दुइटा दमकल र दुइटा पानी ट्यांकर परिचालन गरिएको बताए।, उनले आगो १ घण्टाभित्रै न... |
युवराज श्रेष्ठ आँखा सर्जन डा. सन्दुक रुइत १० वर्षअघि दोलखामा शिविर गर्न पुगे। शिविरमा एक जना बिरामी डोकोमा बोकेर ल्याइयो। ५ वर्षदेखि दुइटै आँखा बन्द भएकी ती बिरामी थिइन्, कान्छीमाया।, उनका दाजुले सिन्धुपाल्चोकबाट उनलाई बोकेर शिविरमा उपचार गर्न ल्याएका थिए। श्रीमानले त छाडिसकेका।, कान्छीमायाको साथमा तीन वर्षका बालक पनि... |
सेतोपाटी संवाददाता ट्रेलरले अटोलाई ठक्कर दिँदा आइतबार अटो चालकसहित दुईको मृत्यु भएको छ। , प्रहरीका अनुसार धनकुटा नगरपालिका २ का २५ वर्षीय दशरथ पाख्रिन र अटोमा सवार तेह्रथुम छथर गाँउपालिका १ का ४२ वर्षीय साङ्गे शेर्पाको घटनास्थलमै मृत्यु भएको हो।, मध्याह्न १२ बजे धनकुटा छथरजोरपाटी २ फलैचास्थित कोसी लोकमार्गमा हिलेबाट ज... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २२ हजार भ्रष्टाचार गरेको अभियोगमा प्रहरी जवानसहित पाँच जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।, जापान जान श्रम स्वीकृतिको काम छिटो गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा आयोगले प्रहरी जवान रमेशसिंह विष्ट, गोल्डेन लाइट ट्राभल्स एण्ड टुर्सका सञ्चालक व... |
समिक्षा अधिकारी पत्रकारिता पेसा। काममा बिहान–साँझ सोचिँदैन। गल्ली र सडक भनिँदैन।, सुरूसुरूमा काठमाडौंका गल्ली भनेपछि एक किसिमले निस्सासिन्थेँ म। जब अँध्यारा, उज्याला, साँघुरा, फराकिला गल्लीमा 'तपाईं सिसिटिभीको निगरानीमा हुनुहुन्छ' लेखिएका बोर्ड देखिन थाले, मेरो डर केही पन्छियो। सिसिटीभीले कैद गरेका दृश्यका आधारमा प्रह... |
सेतोपाटी संवाददाता चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ।, भट्टराईको आइतबार राती १० बजेर २० मिनेटमा निधन भएको हो।, उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो। अस्पताल पुर्याइएका उनलाई अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो।, उनको मृत्यु के कारणले भयो भन्ने बारेमा... |
सेतोपाटी संवाददाता धनुषास्थित जनकपुरधामका दुई स्थानमा शंकास्पद बस्तु भेटिएको छ।, सोमबार जनकपुरधाम उपमहानगर वडा नम्बर ९ का दुई ठाउँमा शंकास्पद बस्तु फेला परेपछि घटनास्थलमा नेपाली सेना र प्रहरी खटिएका छन्।, सरस्वती माध्यामिक विद्यालयको लेखा शाखाको झ्याल र संकटमोचन मन्दिरदेखि बागवानी जाने बाटोमा शंकास्पद बस्तु फेला परेक... |
सेतोपाटी प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाअनुसार ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्ज र उक्त कविकुञ्जले चर्चेको जग्गा आइतबारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राप्त गरेको छ।, विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली... |
सेतोपाटी संवाददाता शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकका लागि सिफारिस भएका निम्नमाध्यामिक शिक्षक उम्मेदवारलाई तोकिएकै विद्यालयमा हाजिर हुन निर्देशन दिइएको छ।, पायक पर्ने ठाउँमा जिल्ला परिवर्तन गरि पाउँ भन्दै निवेदन दिएकाहरूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तोकिएकै जिल्लाको विद्यालयमा हाजिर हुन निर्देशन दिएको हो।... |
सेतोपाटी तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन्।, जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिएका छन्।, ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ।, 'सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कल... |
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुर नगरपालिका-८ सुन्दरबजारमा आमा र दुई महिने छोराको निस्सासिएर मृत्यु भएको छ।, दुई महिने छोरासहित नवराज रञ्जितकारका दम्पत्ति राति कोठा न्यानो बनाउन मकलमा आगो बालेर सुतेका थिए।, छोरा र श्रीमतीलाई खाटमा सुताएर नवराज भने भुइँमै सुतेका थिए।, तर जब ३ बजे बिहान नवराज उठे श्रीमती(शर्मिला) ... |
सेतोपाटी संवाददाता लागुऔषध खैरो हेरोइनसहित धरानबाट दुई युवा पक्राउ परेका छन्। इटहरीबाट धरानतर्फ गइरहेको डब्लुबी७४एएफ ३१४९ नम्बरको भारतय नम्बरको अटो कारबाट २२.३३ ग्राम खैरो हेरोइनसहित दुई जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।, पक्राउ पर्नेमा झापा मेचीनगर-४ का ३६ वर्षीय राजेशकुमार दाहाल र २६ वर्षीय पासाङ शेर्पा र... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सानातिना असफलताले प्रहरीको मुख्य काम ओझेलमा पर्ने गरेको बताएका छन्।, सोमबार जिल्ला प्रहरी कार्यालय तेह्रथुमको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै खनालले सानातिना असफलतालाई मूल्यांकन गरेर प्रहरीले कामै गरेन भन्न नहुने बताए।, ‘सानातिना असफलताले प्... |
सेतोपाटी संवाददाता अनुयायीलाई जबरजस्ती करणी गरेको आरोप लागेका चताराधामका सिद्धबाबा कृष्णबहादुर गिरीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। , शुक्रबार जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। दस दिनको म्याद मागेकोमा अदालतले तीन दिनमात्र दिएको सुनसरी प्रहरी प्रवक्ता विन... |
सेतोपाटी संवाददाता पत्रकार सन्तोष काफ्लेलाई कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।, इलाका प्रहरी कार्यालय धरानले नरेश शाही ठकुरी, दीपक राई, संगीता राई र तुलसीप्रसाद विश्वकर्मालाई पक्राउ गरेको हो।, बिहीबार दिउँसो पत्रकार काफ्लेलाई पत्रकार सम्मेलनमा ढिलो आएको भन्दै कुटपिट गरिएको प्रहरीले जनाएको छ।, सल्लेरी बचत... |
सविता बुढा बझाङको जयपृथ्वी नगरपालिका सुवेडाकी ६० वर्षीया लक्ष्मी बमको पराल झिक्ने क्रममा रूखबाट लडेर हात भाँचियो।, सदरमुकाम चैनपुरको जिल्ला अस्पतालमा सम्भव नभएपछि उनी सेती प्रादेशिक अस्पताल धनगढी आइन्। धनगढीमा रहेका आफन्तको सहयोगमा उपचार गराउँदै छन्। श्रीमान् घरगोठ हेर्न सुवेडामै छन्।, ८ दिनअघि प्रादेशिक अस्पतालको इर्... |
दिपकजंग शाही कर्णाली प्रदेश सरकारले मनाउने गरेको ‘श्रम दिन’ व्यवस्थापन गर्न कार्यविधि तयार पारिएको छ।, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘श्रम दिन अभियान सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६’ बनाएको हो।, कर्णाली प्रदेशको २०७४ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले हरेक महिनाको १ र १५ गतेलाई श्रम दिनका र... |
नारायण महर्जन नेपाल प्रहरी निरीक्षक आधारभूत तालिम ब्याच नम्बर १७९को दीक्षान्त समारोहबाट ९१ जना प्रहरी पास आउट भएका छन्। जसमा ९ जना महिला छन्।, १८ महिने लामो तालिम सकेर उनीहरू पास आउट भएका हुन्। तालिममा प्रहरी निरीक्षक किरण राउत प्रथम भए। अनिल थापा द्वितीय हुँदा सुवास खतिवडा तेस्रो हुन पुगे।, शुक्रबार भएको पास आउट समार... |
निशा भण्डारी बुधबारदेखि नेपाल पसेको पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित भएको छ।, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने पश्चिम पहाडी र तराई क्षेत्रमा वर्षा भएको छ।, शुक्रबार बिहानदेखि नै काठमाडौं उपत्यकासहित पूर्वी भागमा पनि आकाश बादलले भरिएको छ भने काठमाडौंको चन्द्रागिरिमा हिउँ परेको छ। , हिमपातस... |
सेतोपाटी हुम्लामा दोस्रोपटक बिहीबारदेखि हिमपात हुँदा सदरमुकाम सिमकोटका विद्यार्थीले आगोको सहायतामा परीक्षा दिन बाध्य भएका छन्। सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यमिक विद्यालयमा आजदेखि एकसाथ सञ्चालन भएको वार्षिक परीक्षामा परीक्षार्थीले बाहिर हिमपात हुँदा कक्षाकोठाभित्र चिसोले थरथर काम्दै परीक्षा दिनुपर्ने बाध्यता र... |
एजेन्सी बेलायतकी रोजी स्वेल पोप नामक ७३ वर्षीया एक वृद्धा लन्डन देखि दौडेर नेपाल आउँदैछिन्। , ,उनी कुनै कीर्तिमानीका लागि दौडिन लागेकी भने होइनन्। रोजी २०७२ सालको विनाशकारी भूकम्पमा परेका पीडितलाई रकम संकलन गरी सहयोग गर्न दौडिदैछिन्।, ,सन् २०१८को जुलाई देखि लन्डनबाट दौडिन थालेकी रोजी दैनिक २० किलोमिटरको दरले दौडिँदैछि... |
रूमा रिजाल सुनसरीको इटहरीस्थित खनार गाउँकी राधा ९ वर्षअघि छोरीहरू सोनम र स्वेच्छालाई काखीमा च्यापेर घरबाट निस्किएकी थिइन्।, श्रीमानको ज्यादती सहन नसकेर उनले घर छोड्नु परेको थियो।, १८ दिनअघि राधाको निधन भयो।, 'रक्सी खाएर बाले कुटपिट गर्थे, आमाको शरीरमा बाँचुञ्जेल घाउचोटका दाग थिए,' जेठी छोरी सोनमले भनिन्, 'बुवाको घर छो... |
सेतोपाटी संवाददाता काठमाडौंका पहिलो जननिर्वाचित मेयर जनकमान श्रेष्ठको आज निधन भएको छ। विहान आफ्नै निवास टेकुमा ९१ वर्षको उमेरमा उनको निधन भएको परिवारले जनाएको छ। , विगत एक वर्षदेखि लिभरको क्यान्सरसँग जुधिरहेका श्रेष्ठ कानूनी मुद्दाहरुको फैसलाकर्ता समेत हुन्। विंसं. २०१० सालमा उपत्यकाका तीन नगरमा स्थानीय चुनाव हुँदा उन... |
सेतोपाटी संवाददाता हत्यामा संलग्न भएको अभियोगमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा पक्राउ पर्नेमा सिरहा नगपालिका-१२ का नन्दु भनिने रामनन्द महरा छन्। , उनलाई प्रहरीले खोजीको क्रममा बिहीबार फेला पारेको थियो। , कात्तिक २० गते बेलुका झाँक्रीकुमार यादवको हत्या भएको थियो। कमला खोलाको बाँधमा खुकुरीले घ... |
सेतोपाटी संवाददाता बम विस्फोट हुँदा धनुषामा २ जनाको मृत्यु हुनुका साथै प्रहरी निरीक्षक सहित ४ जना गम्भीर घाइते भएका छन्।, शुक्रबार मध्यराती धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजारमा भएको बम विस्फोटमा परि स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका अन्दाजी २४ वर्षका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो।, शुक... |
सेतोपाटी पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३० सेना घाइते भएका छन्।, ना ६ ख ४०४ नंको बस आफै अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्... |
सेतोपाटी पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, विभागले आज बिहान विशेष बुलेटिन जारी गर्दै देशका मध्य र पूर्वी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी... |
नेहा झा धनुषामा शुक्रबार राती भएको बम विस्फोटमा घाइते बनेका प्रहरी निरीक्षक अमिर कुमार दाहालको उपचारका क्रममा निधन भएको छ।, शुक्रबार मध्यराती धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजारमा भएको बम विस्फोटमा परि स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका अन्दाजी २४ वर्षका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो भ... |
युवराज श्रेष्ठ पैदलयात्रीहरूको सुविधाका लागि पोखराको सिर्जनाचोकमा आकाशे पुल (ओभरहेड ब्रिज)को निर्माण कार्य थालिएको छ।, बढ्दो जनघनत्व र सवारी साधनको कारण पोखराका मुख्य चोकहरूमा आकाशे पुलको आवश्यकता भएकोले पोखरा महानगरपालिकाको अगुवाइमा सिर्जनाचोकमा पहिलो पटक आकाशे पुल निर्माण गर्न थालिएको हो।, पोखरा महानगरपालिकाको २ करो... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौंले चार व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।, मंसिर २६ गते बसेको बैठकले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम शनिबारदेखि एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको हो।, कालोसूचीमा राखिएको अवधिभर य... |
सेतोपाटी संवाददाता धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगरमा गए राति बम बिस्फोट हुँदा एक प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको छ।, घटनामा एकाघरका बाबु राजेश साह, उनका छोरा आनन्द र प्रहरी निरीक्षक अमिर दाहालको मृत्यु भएको हो।, बिस्फोटमा परेर राजेशका अर्का छोरा प्रकाश, छोरी अञ्जली र प्रहरी जवान रिजना... |
सेतोपाटी संवाददाता धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्र नगरमा बम विस्फोट घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन्।, पक्राउ पर्नेहरूमा हंसपुर नगरपालिकाकी ललिता देवी, सीता देवी र मिथिला बिहारी नपा-१ का राम सुदित साह धानुक रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्की... |
सेतोपाटी संवाददाता काठमाडौंको चोभारमा शव फेला परेको छ।, झाडीभित्र शनिबार फेला परेको शवको पहिचान खुल्न बाँकी रहेको एसएसपी उत्तम सुवेदीले बताए।, करिब ६० वर्ष उमेरको पुरूषको शव फेला परेको हो।, हत्या वा आत्महत्या भन्नेबारे पनि केही खुलेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान गरिराखेको छ।,
चोभारमा झाडीभित्र शव भेटियो |
सेतोपाटी काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडास्थित बिपी राजमार्गमा पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।, शुक्रबार दिउँसो बा९२प ५१९२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ल... |
सेतोपाटी संवाददाता धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजारमा बम विस्फोटमा परी मृत्यु भएका प्रहरी निरीक्षक अमिर कुमार दाहालको अन्त्येष्टि पशुपतिमा गरिने भएको छ।, ‘उनको शवलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै छ’, प्रहरी स्रोतले भन्यो,‘आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।’, शुक्रबार राति भएको बम विस्फोटमा घाइ... |
सेतोपाटी संवाददाता नेपाली चलचित्र जगतका कलाकार दीपक क्षेत्रीकाे निधन भएकाे छ।, ५८ वर्षीय क्षेत्रीको शनिबार निधन भएको उनका पारिवारिक स्रोतले जानकारी दिएको छ।, अहिले उनको शव महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ।, कलाकार क्षेत्रीकी श्रीमती मलेसियामा रहेका कारण दाहसंस्कार भने आइतबार मात्र गर... |
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमामा एक जना महिलाको हत्या भएको छ।, तिलोत्तमा नगरपालिका वडा नं. १० कान्छीबजारकी अन्दाजी ५५ वर्षकी कमलादेवी परियारको सोही स्थानकै २७ वर्षीय विकास गुरुङले हत्या गरेका ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले कान्छीबज... |
सेतोपाटी संवाददाता धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा बम विस्फोटमा परी मृत्यु भएका प्रहरी निरीक्षक अमिरकुमार दाहालको अन्त्येष्टि गरिएको छ।, उनको शव हेलिकप्टरबाट काठमाडौं ल्याएर शनिबार अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। , दाहाललाई प्रहरीले शोक सलामी पनि दिएको थियो।, शुक्रबार राति भएको बम विस्फ... |
सेतोपाटी श्रीमतीको हत्या आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, सो गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मङसिर १० गते हत्या गरेर सेफ्टीट्याङ्कीमा हालेर बेपत्ता पारिएको थियो।, मृतक तामाङको शव शौचालयको सेफ्टीट्याङ्कीमा ब्ल्याङ्केटले बेरेर फालिएको अवस्थामा भेटिएपछि उनका पति २३ व... |
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले बिहीबार बिहानैदेखि देशभरको मौसममा बदली आएको छ। इरान, अफगानिस्तान, पाकिस्तान, जम्मु-कस्मिर हुँदै पश्चिमी वायु बुधबार साँझ पश्चिम नेपाल प्रवेश गरेको थियो।, सोही वायुको प्रभावले बिहीबार बिहानैदेखि बादल देखिएको छ भने चिसो बढेको छ।, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान मह... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.